दिपेन्द्रको घरमा सुरक्षा

फिल्म । केहि दिन अगाडी मात्र एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ‘घर’ मा सुरक्षा पन्त भित्रिएकी छिन । अर्थात् फिल्मको लागि दुई नायिकाको खोजि भईरहेको बताइएको थियो , जसमा एक सुरक्षा सेलेक्ट भएकी छिन । उनलाई घरमा लिड रोलमा नियुक्त गरिएको जानकारी निर्माण पक्षले फेसबुक मार्फत दिएका छन् । हरर जनरामा बन्ने फिल्मलाई अर्पण थापाले निर्देशन गर्दैछन् ।

उनको निर्देशनमा पछिल्लो समय हरर जनराकै फिल्म ‘सुनकेसरी’ आएको थियो । फिल्ममा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा देखिँदैछन् । सुनकेसरी अगाडी आधा लभ र मुखौटाको निर्देशन गरिसकेका अर्पणले आफुलाई स्टोरी टेलर भन्न रुचाउछन । यस फिल्मलाई डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ ।

दिपेन्द्रको फिल्ममा सुरक्षाको ह्याट्रिक

निर्देशक तथा निर्माता दिपेन्द्र के खनालको फिल्ममा सुरक्षा पन्त तेस्रो पटक देखिदैछिन । अघिल्लो फिल्महरु धनपति र चङ्गा चेटमा दिपेन्द्रकै निर्देशन रहेको थियो भने घरमा दिपेन्द्र निर्माता मात्र छन् । फिल्म निर्माणको कार्यक्रममा नयाँ अनुहार पाइन्छ कि भन्दै नायिकाको खोजि रहेको बताईएता पनि सुरक्षा लिड रोलमा रहने जानकारी दिपेन्द्रले फेसबुक मार्फत गराईसकेका छन् । यसअगाडी दिपेन्द्रका फिल्ममा धेरै दोहोरिने अभिनेत्रीमा प्रियंका कार्की पर्थिन । उनले दिपेन्द्रको निर्देशन रहेको फिल्महरु झोले , भिजिलान्ते थ्री डी र चङ्गा चेटमा अभिनय गरेकी छिन ।

कमेन्ट गर्नुहोस्