देश । प्रदेश नम्बर २ मा ७६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वुधवार विहान प्राप्त जानकारी अनुसार धनुषामा २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना संक्रमिति भएका हुन । सर्लाहीमा भेटिएका ७ संक्रमित जिल्ला स्थित सदरमुकामको क्वारेन्टाइनमा रहेको बुझिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । स्याङ्जामा ३ जना र पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भईसकेको छ । स्याङ्जामा वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।







