प्रदेश नम्बर २ मा छठको बिदा

14 Shares

देश । प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो । यो पर्वलाई तराइमा धुमधामका साथ् मनाइने गरिन्छ । यसपटकको छठ पर्व शनिबार र आइतबार परेको छ ।

शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।

संघीय सरकारले यस वर्षको छठ पर्व र होली पर्वमा १/१ दिन विदा दिएपनि प्रदेश सरकारले यो पर्वहरुमा २/२ दिन विदा दिएको छ । २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।

तपाईको प्रतिक्रिया