‘स्थानीयसँगै संघ र प्रदेशको चुनाव समयमै सम्पन्न गर्छौं’

फिल्म । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना सुनाए ।

प्रधानमन्त्री देउवाले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गरेका छन् । उनले मुलुकको द्रुत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको बताए ।

कमेन्ट गर्नुहोस्