चीनले नेपाललाई सहयोग गर्ने

फाइल तस्बिर

देश । पछिल्लो समय विश्वकै टाउको दुखाई बनेको छ , कोरोना भाइरस । गत वर्ष सन् २०१९ को नोभेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको भाइरसलाई वैज्ञानिकले कोभिड १९ को नामले चिन्छन् । पछिल्लो समय यो विश्वमै फैलिएको छ । मानिशले सामाजिक दुरी कायम गरेका छन् । विश्व स्वास्थ्य संगठनले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वको १८६ देशमा फैलिइसकेको छ । तर , नेपालमा अझै जोखिम उच्च रहेपनि सतर्कता बढाउँन सकिने अवस्था छ ।

आइतवार शिव कुमार रुंगटालाई कोरोना भाइरस नेगेटिभ देखिएपछी सामाजिक सञ्जालमा खुसि देखियो । लगतै सोमबार स्वास्थ्य मन्त्रालयले कतारबाट फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गर्यो । यो जानकारी स्वयम स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दिएका थिए । कोरोना संक्रमित किशोरी गत मंगलबार नेपाल आएकी हुन् । उनको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । कतारबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

कोरोना संक्रमित भेटिन थालेपछि यसलाई रोक्न नेपाल सरकारले ‘लक डाउन’ नै गरेको छ । एकसाताको लागि गरिएको लक डाउन चैत्र ११ गते मंगलवार बिहान ६ बजेबाट सुरु भएको हो । कोरोना भाइरसको लक्षण देखिएका विरामीको संख्या बढ्न थालेपछि नेपालले औषधिसँग उपचारमा प्रयोग हुने उपकरणको जोहोमा लागेको छ । नेपाल सरकारले निजी संस्थालाई लक्षित गर्दै टेन्डर आव्हान गर्दै गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न आफ्नो मुलुकले चिकित्सा सामग्रीहरुको सहयोग गर्ने चिनिया राजदूत होउ यान्छीले मंगलबार बताएकी छिन् ।

उनले आफ्नो ट्वीटर ह्यान्डल मार्फत यसको जानकारी दिएकी छिन् ।’हामी नेपालका लागिप्रार्थना गर्दैछौ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सासामग्रीहरू सकेसम्म मिलाउँदै छौं ‌। हामी साथमा छौ‌ं ।’ उनले लेखेकी छिन् । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसलाई नियन्त्रणमा लिइसकेको छ । साथै, चीनले आफ्नो मुलुकमात्र होइन, यूरोपका स्पेन, इटाली र फ्रान्समा पनि स्वास्थ्य सामग्री र मानवीय सहायता पठाएको छ । यसैक्रममा नेपाललाई पनि सहयोग गर्ने राजदुत होउले बताएकी हुन् ।

राजदुत होउले यस्तो बताई रहदा चीन सरकारले पनि छिटै सहयोग गर्ने बताएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा सहयोग छिटै आउने भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । विदेशी मुलुकहरुबाट आवश्यक औधषि र स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि ज्ञवालीको नेतृत्वमा एक कार्यदल समेत बनेको छ ।

नेपालले चीन सरकारसँग औषधि, एन–95 मास्क, तीन थरीका पीपीई (पर्सनलप्रोटेक्ट इक्युपमेन्ट), आइसीयू बेड, कोरोना टेष्ट गर्ने किटलगायत १९ ओटा सामग्रीहरु सुची तयार पारेर बेइजिङ पठाएको छ । साथै, चीनबाट भने नेपालले स्वास्थ्य सामग्री, औषधीसहित कोरोना नियन्त्रणका अन्य उपायहरु पनि सिक्न लागेको हो ।
कमेन्ट गर्नुहोस्