विदेश । केहि समय यता नेपाल र भारत बीच मात्र सीमालाई लिएर विवाद छैन । भारतले चीनसँग पनि विवाद गरिरहेको छ । पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग तनाब बढिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धको लागि तयार रहन आदेश दिएका छन् ।
गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच पटकपटक विवाद र झडप समेत भएको छ । यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती बढाएको छ ।
देशको सार्वभौमसत्ता रक्षाका लागि खराब अवस्थाको सामना गर्न तयार रहन राष्ट्रपतिले आदेश दिएका हुन् । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई खराब अवस्थाबारे सोच्ना पनि भनेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









