देश । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ५७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार सप्तरी जिल्लामा ९ जना, सिराहा जिल्लामा ११ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा ४ जना, सर्लाही जिल्लामा १७ जना, रौतहट जिल्लामा ६ जना, बारा जिल्लामा १ जना र पर्सा जिल्लामा २ जना रहेका छन् ।
त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २३ पुरुष र १ महिलागरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित १४ जना पुरुषहरुको उपचार भइरहेको छ ।
त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा ३ महिला र २६ पुरुषगरी कुल २९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र १८ जना पुरुषगरी कुल १९ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित २१ जना पुरुष र २ जना महिलागरी २३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष तथा रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसैगरी गरुडा नगरपालिका स्थित नेपाल प्रहरी विद्यालयको आइसोलेसन कक्षमा ४ जना महिला र ६२ जना पुरुषगरी कुल ६६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी ५० जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्ला स्थित नारायणी अस्पताल अन्तर्गत रहेको कोरोना विशेष गण्डक अस्पतालमा १० जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।
सिराहा अस्पताल सिराहाको कोभिड विशेष अस्पतालमा ७ जना, महोत्तरी जिल्लाको जलेश्वर अस्पताल स्थित कोभिड विशेष अस्पतालमा ७ जना, बारा जिल्ला स्थित कलैया कोभिड अस्पतालमा २ जनागरी कुल १६ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । प्रदेश नम्वर २ मा हालसम्म ९८ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।







