हेयर एण्ड शान्ति युनिसेक्स सलुनको शाखा हेटौंडमा

सौन्दर्य । काठमाडौं स्थित कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति युनिसेक्स सलुनको नयाँ शाख हेटौडामा खुलेको छ । दरबारमार्ग, ठमेल, जावलाखेल, नारायणघाट,नयाँ बानेश्वरमा हुँदै नयाँ शाखा हेटौंडामा विस्तार भएको हो । हेटौंडाको भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा सेवा सुरू भएको छ।

सबै वर्गका ग्राहकलाई लक्षित गरेर हेयर एण्ड शान्तिले नेपालमा नौ औं शाखा विस्तार गरेको हो । लगभग पाँच वर्षको अवधिमै ग्राहकमाझ लोकप्रिय बन्न पुगेको हेयर एण्ड शान्ति सलुनले हेटौंडामा ग्राहकको मन जित्ने विश्वास लिएको छ ।

गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरण, छरितो सेवा, पोख्त जनशक्ति लगायतका कारण हेयर एण्ड शान्तिले ग्राहकको मन जितेको बताउँछिन्‘हेयर एन्ड शान्ति’ की संचालक एवं हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठ । अनुजा भन्छिन्, ‘ग्राहकको आवश्यकता, उनीहरुको कपाल वा छालाको प्रकृति सबै कुराको विश्लेषण गरिसकेपछि मात्र हामी के गर्ने भन्ने निर्क्यौल गर्छौं ।’

कमेन्ट गर्नुहोस्