यसकारण अमेरिका जाँदैछन् प्रचण्ड

9 Shares

देश । नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाने भएका छन् । पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएपछि उनलाई थप उपचारका लागि अमेरिका लग्ने निर्णय प्रचण्डले गरेका हुन् । सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन् ।

छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी हुन् । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन समेत लगेका थिए । प्रचण्ड आइतबार अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन ।

तपाईको प्रतिक्रिया