मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी

देश । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान गरेका तथा गर्दैआएका संस्कृति विद् र कलाकारहरुलाइ सम्मान गरेको थियो, जसमा अग्रज तथा संस्कृतविद्हरु कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल सम्मानित भएका छन् ।

कार्यक्रममा धिमाल भाषा र कला–संस्कारमा केही मात्रामा भिन्नता रहेको छ । आफूहरू धिमाल जाती रहेको र सम्बन्धित निकायले पनि यसको लेखाजोखा राख्नु पर्ने माइपारिका अग्रज संस्कृत विद चन्द्रकान्त धिमालले बताए । उनले भने,‘निकै अघि हाम्रो पालामा जन्म, विवाह र मृत्यु आफ्नै जातीय परम्परा र विधि अनुसार हुने गर्दथ्यो हालको समयसम्म आइपुग्दा हराउँदै गएको अवस्था छ ।’

कार्यक्रममा हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफै जागरुक हुन आवश्यक, बाह्रिय मुखि भएमा पहिचान हराउने भन्दै उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाले नगरको पहिलो जाति भएकोले नगरले सक्ने साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्