अन्तर बैंक एटिएम शुल्क २० रुपैयाँ

0 Shares

देश । नेपाल राष्ट्र बैंकले गत पुस २३ गते भुक्तानी सम्बन्धि निर्देशिका जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि शुल्क लाग्ने भएको छ । अब अर्को बैंकको एटिएम भएमा शुल्क तिनुपर्ने छ । यद्दपी महिनामा दुइ पटक अन्तर बैंकमा एटिएम प्रयोग गर्दा नि:शुल्क हुने व्यस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी राष्ट्र बैंकले २० रुपैयाँ भन्दा बढी शुल्क नलिन समेत निर्देशन दिएको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै गत वर्षको चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निःशुल्क गरेका थिए । पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कमेन्ट गर्नुहोस्