दोस्रो जर्नालिजम अवार्ड —२०७६ को मनोनयन सार्वजनिक

65 Shares

देश । आउँदो जेठ २५ शनिबार हेटौँडामा ‘दोस्रो हेटौंडा जर्नालीजम अवार्ड —२०७६’ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा अवार्ड आयोजना हुन् लागेको जानकारी सोमबार पत्रकार सम्मेलन मार्फत गराइएको हो । जानकारी संगै उक्त समारोहमै उत्कृष्ट ३ मनोनयन सार्वजनिक पनि गरिएको छ । एकेडेमीका अध्यक्ष तथा अवार्ड संयोजम मणीराज गौतमले यसबर्ष ११ वटा विधामा अवार्ड प्रदानगरीने जानकारी दिए ।

‘मकवानपुरका विभिन्न मिडियामा क्रियाशिल सञ्चारकर्मीहरुबाट ११ विधामा उत्कृष्ट ३ मनोनयन गरेका हौ’ अध्यक्ष गौतम भन्छन् ‘यस किसिमको अवार्ड मोफसलमा रहेका सञ्चारकर्मीलाई झनै हौसला प्रदान गर्छ ।’ साथै उनले आउँदो जेठ २५ को तयारी बृहत रुपमा भइरहेको समेत बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, आयोजक समितिका सदस्य श्रीराम अर्जुन लगायतको उपस्थिति मनोनय सार्वजनिक गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो । यस अघि न्यू मिडिया एकेडेमीले गत बर्ष पहिलो हेटौंडा जर्नालीजम अवार्ड दुवईमा सम्पन्न गरेको थियो ।

दोस्रो जर्नालिजम अवार्ड —२०७६ मा मनोनयनमा परेका सञ्चारकर्मीहरु

क)उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६

१) सुवास विडारी, साझाकुरा दैनिक २) राजन दाहाल, एभिन्युज टेलिभिजन ३) पुष्पराज अधिकारी, जनता टेलिभिजन

ख) उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६

१) कपिल खड्का, टिम टेलिभिजन २) अशोक सुजन श्रेष्ठ, नागरिक दैनिक ३) रविन्द्र गौतम, हेटौंडा खबर डटकम/ रेडियो सरोवर

ग) उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड —२०७६

१) केशव समपर्ण, साझाकुरा दैनिक/कारोबार दैनिक २) सुदीप सिवाकोटी, हेटौंडा सन्देश दैनिक / नयाँ पत्रिका दैनिक ३) राज सापकोटा, लालखबर डटकम

घ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७६

१) देवराज पन्त, न्युज २४ २) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ दैनिक ३) विवस अधिकारी, समृद्ध समाज दैनिक

ङ) उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७६

१) एमपी शर्मा, हेटौंडा एफएम २) दुदुमाया सिन्तान, रेडियो थाहा सञ्चार ३) सुवास विडारी, साझाकुरा दैनिक

च) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७६

१) धर्मेन्द्र दाहाल, खबरब्रेक डटकम २) बलराम पुडासैनी, तु खबर डटकम ३) सुनिल सिवाकोटी, प्रष्टखबर डटकम

छ) उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६

१) दर्शन क्षेत्री, रेडियो थाहा सञ्चार २) उषा थामी, हेटौंडा एफएम ३) धिरज ढकाल, टिम टेलिभिजन

ज) उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड —२०७६

१) प्रिया पौडेल, समृद्ध समाज दैनिक/ रेडियो निकास २) गणेश अधिकारी, रेडियो मकवानपुर / प्रदेश दैनिक ३) अमृत चिमोरिया, समृद्ध समाज/ थाहाखबर डटकम

झ) नव उदयमान पत्रकार वर्ष अवार्ड —२०७६

१) सृजना नेपाल,रेडियो थाहा सञ्चार २) मानवी बानियाँ, हेटौंडा सन्देश दैनिक ३) उज्जवल अधिकारी, भुगोल न्यूज डटकम

ञ) उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड —२०७६

१) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ/ एपि वान टेलिभिजन २) बालकृष्ण अधिकारी, कान्तिपूर टेलिभिजन ३) ध्रुव अधिकारी, राजधानी दैनिक

ट) उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६

१) नानीमाया सापकोटा, टिम टेलिभिजन २) सरिता दाहाल, राजधानी दैनिक ३) सरला अधिकारी, छहारी नेटवर्क

Facebook Comments