सर्लाही र रौतहटका संक्रमित प्रहरी

देश । आइतबार थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ३ पुगेको छ । आइतबार बारा , रौतहट र सर्लाहीमा थपिएका कोरोना भाइरसको संक्रमित मध्ये ४ जना प्रहरी छन् । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी स‌ंक्रमित भएका हुन् । यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ हुँदा कन्ट्याक ट्रेसिङको आधारमा त्यहाँ कार्यरत सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्