थप २२ जनामा कोरोना संक्रमण

देश । पछिल्लो समय प्रदेश नम्बर २ मा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो छ । हिजो सोमबार मात्र २६ जना संक्रमित भेटिएको रौतहट जिल्लामा मंगलवार पनि कोरोना संक्रमित भेटिएका छन् । यहाँ २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सोमबार देखि मंगलवार दिउसोसम्म मात्र रौतहटमा ४८ संक्रमित बढेका हुन् ।

मंगलवार भेटिएका नयाँ संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । भने, देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ । यसैगरी प्रदेश नम्बर २ मा मात्र संक्रमितको संख्या २ सय ५५ पुगेको छ । यसैगरी नेपालमा कोरोना संक्रमणको कारण ४ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ७ सय २८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्