पैसा छर्नेमा देखिएन कोरोना भाइरस

देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कहर विश्वमा छ । महामारीको रुपमा विश्वमै फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन भइरहेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले विश्वका अधिकांस देशले ‘लकडाउन’ गरिरहेको छ । यसैबीच नेपालमा पनि ३१ संक्रमित देखिएका छन् भने ३ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर फरार भएका दुइ महिलामा कोरोना संक्रमण नभएको पाइएको छ । पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो । तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्