देश । कोरोना भाइरस (कोभिड १९) को थप २ जना संक्रमित थपिएका छन् । थपिएका दुइ संक्रमित पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका हुन् । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको ७३ जनाको परीक्षणमा ७१ जनामा नेगेटिभ र नवलपुरका २ जनाको पोजेटिभ रिपोर्ट आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान एक सूचना प्रकाशित गर्दै यसबारे औपचारिक जानकारी गराएको छ ।
कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको जनाएको छ । यसैगरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ सय पुगेको छ ।
कमेन्ट गर्नुहोस्









