के स्थगित हुँदैछ गुठी विधेयक ?

26 Shares

देश । यतिबेला देशमा सरकारको चर्को आलोचना भईरहेको छ । कारण हो , ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ गत बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो । तर चर्को विरोधपछि सरकारले यसलाई स्थगित गर्ने तयारी भईरहेको बुझिएको छ ।

उक्त विधेयकका प्रावधानले मौलिक सम्पत्तिका रुपमा रहेको गुठी संस्कृति लोप हुने भन्दै विरोध भएपछि स्थगित गर्ने तयारी गरेको हो । गुठियारका साथै विभिन्न संस्थाले विधेयक खारेजीको माग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । भने , विरोधको सिलसिला उपत्यकामा दिनहुँ चलिरहेको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी गरेकी छन् । विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका छन् । साथै , संसदमा दर्ता भएको विधेयकले मूलतः जग्गाको व्यवस्थापनमा मात्रै ध्यान दिएको सरोकारवालाहरुको भनाइ छ । गुठी संस्थानलाई खारेज गरी गुठी प्राधिकरण गर्ने प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ ।

Facebook Comments