रवी र युवराजलाई सफाई

देश । जिल्ला अदालत चितवनले सञ्चारकर्मी रवी लामिछानेलाई दुरुत्साहन मुद्दामा सफाइ दिइएको छ । आइतबार भएको फैसलामा गत भदौदेखि दुरुत्साहनको मुद्दामा अदालत धाइरहेका लामिछानेसहित पत्रकार युवराज कँडललाई मुद्दाबाट सफाइ दिइएको हो ।

गत साउनमा पक्राउ परेका लामिछानेलाई चितवन प्रहरीले केही दिन थुनामा राखी अनुसन्धान गरेको थियो। पत्रकार शालिकराम पुडासैनीको नारायणगढको एक होटलमा मृत्यु भएपछि उनलाई दुरुत्साहन मुद्दामा कारबाही अघि बढाइएको थियो। अनुसन्धानपछि लामिछाने र कँडेलको संलग्नता नदेखिएकोपछि सफाइ दिइएको जिल्ला अदालत चितवनले जनाएको छ।

कमेन्ट गर्नुहोस्