विदेश । लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन कन्सल्टेन्सी कंगारू एजुकेशन फाउन्डेसनले क्रिकेट खेलमा पनि आफ्नो उपस्थिति जनाएको छ ।अष्ट्रेलियाक़ो होबार्ट तास्मानियामा रहनु भएका प्रबासी नेपालीहरूको काठमान्डौ वारियर्स क्रिकेट क्ल्बलाईलाई प्रायोजन गरेर फाउन्डेसन प्रायोजन गरेको हो । नेपालका बिभिन्न शहरदेखि सिड्नी र तास्मानिया लगायत शहरहरूमा पुगेको कंगारू एजुकेशन होबार्टका निर्देशक रोशन मैनालीले प्रबासमा नेपालीहरु माँझ क्रिकेट खेलको विकाश र बिस्तारका लागि आफ्नो संस्थाले क्रिकेट क्ल्बलाई साथ दिएको बताएका छन् ।
होबार्टमा अक्टोबर अन्तिम साताबाट शुरू हुने यो क्रिकेट प्रतियोगितामा काठमाण्डौ वारियर्स क्रिकेट क्लबलाई प्रायोजन गर्दै कंगारू ऐजुकेसनले दिएको साथलाई क्ल्बका सस्थापक अनुज अधिकारी र सुर्दशन रिजालले उत्साह थपिएको प्रतिक्रिया दिएका छन् । विदेशमा रहेर खेललाई अगाडी बढाउन चाहनेलाई प्रोत्साहित गरेर सपनाको नजिक पुर्याएको निर्देशक अब्दुल मन्सुरी बताए । नेपाली खेलकुदको बिकासका लागि कंगारू ऐजुकेसन फाउन्डेसन निरन्तर रूपमा साथ् रहने प्रतिवद्धता पनि उनले जाहेर गरे ।











