विदेश । यतीबेला प्रियंका कार्कीको चर्चा बढ्दो छ । आउँदो फागुनको दोस्रो साता विवाह बन्धनमा बाधिने तयारीमा रहेकी प्रियंका पछिल्लो समय आयुष्मान डिएस जोशीसंग स्पेन पुगेकी छिन् । फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी प्रियंका र आयुष्मानले ला लिगा अन्तरगत बार्सिलोना र लेभान्टेबीचको खेल हेरे । विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकालाई स्थान दिएको छ । ‘वि लभ नेपाल’ भन्दै उसले प्रियंकाको फोटो र भिडियो पोष्ट गरेको हो ।
बार्सिलोनाले पोष्ट गरेको फोटोमा उनी क्याम्प नाउको रंगशालाभित्र मैदानछेउ एक युवतीका साथ देखिएकी छन् । सेतो पहिरनमा सजिएकी प्रियंकाले कालो ब्याग पनि बोकेकी छन् । प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत छोटो प्रतिक्रिया दिएकी थिइन् । २० सेकेन्डको भिडियोमा उनले अंग्रेजी र नेपालीमा बोलेकी छन् । ‘मलाई मेस्सी मन पर्छ किनभने उनी तेज छन् र उनको दाँजोमा अर्को कोही छैन’ प्रियंकाले प्रतिक्रिया दिदै भनिन् ।










