देश । पछिल्लो समय विश्वकै टाउको दुखाई बनेको छ , कोरोना भाइरस । गत वर्ष सन् २०१९ को नोभेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको भाइरसलाई वैज्ञानिकले कोभिड १९ को नामले चिन्छन् । पछिल्लो समय यो विश्वमै फैलिएको छ । मानिशले सामाजिक दुरी कायम गरेका छन् । विश्व स्वास्थ्य संगठनले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भईसकेको छ ।
आइतवार शिव कुमार रुंगटालाई कोरोना भाइरस नेगेटिभ देखिएपछी सामाजिक सञ्जालमा देखिएको खुसि कम भएको छ । स्वास्थ्य मन्त्रालयले कतारबाट फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । उनि गत मंगलबार नेपाल आएकी हुन् । उनको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । कतारबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यी यस्तै हल्ला भएसँगै नेपालमा सतर्कता बढाउन थालिएको छ । केहि दिन सार्वजनिक बिदा नै दिई देशनै लकडाउन गर्ने मांग भइरहेको समयमा काठमान्डौ छाड्ने धेरै छन् । यो समय परिवारसँग विताउने उदेश्यले गएको केहि दिनमा धेरैले काठमान्डौ छाडेका छन् । जसकारण व्यस्त स्थानमा चाप निकै बढेको छ नै कतै सुनसान झैँ छ ।
कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिइसकेको छ । प्राय दसैँमा देखिने दृश्य यतिबेला काठमाण्डूसंगै ललितपुर र भक्तपुरमा छ । आवश्यक काम बाहेक मानिसहरु बाहिर निस्किन छाडेका छन् । भिडभाड हुने स्थानहरु असन बजार , न्युरोड , आरएनएसी , रत्नपार्क लगायतका स्थान खालीछन् । काम वा अस्पताल हिडेका मान्छे बाहेक अन्य खासै देखिएका छैनन् । जय होस्का फोटो पत्रकार आर्यन विमलीले काठमान्डूका भिडभाड हुने स्थानका केहि तस्बिर कैद गरेका छन् । जहाँ मानिसको भिडभाड निकै कम देखिएको छ ।
तस्बिरहरु : आर्यन विमली









