युनियन लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्काशन गर्न अनुमति

देश । पछिल्लो समय सेयर प्रति सर्वसाधारणको आकर्षण बढिरहदा अईपीओ पनि निष्काशन हुने क्रम बढ्दो छ । यसै क्रममा नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक युनियन लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर त्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । यसका साथै , केहि दिनमा डिस मिडिया नेटवर्क र ग्रीन भेन्चर लिमिटेड (हाइड्रोपावर) को आईपीओ छिटै आउने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्