गसिप क्विन करीना

फिल्म । बलिउडमा करीना कपूर खानलाई गसिप क्विन भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । ‘करीना बिहान उठ्ने वितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन’ उनका नजिकका साथी करण जोहरले बताए । पछिल्लो समय द कपिल शर्मा शोमा पुगेका करणले भने ‘करीनालाई थाहा नहुने गसिप नै हुदैन , बलिउडको सम्पूर्ण अवस्थाको जानकारी उनलाई हुन्छ ।’

करण र करीना एकदमै मिल्ने साथी हुन् । करीना घरमै हुन्छिन् तर उनलाई हरेक गसिपको जानकारी हुने करणले खुलाए । उनि आफ्नो पुरानी साथी काजोलसँग उक्त शोमा गएका थिए । साथै , करणले अक्षय कुमारलाई हेल्थको बारेमा , वरुण धवनलाई सोसल मिडियाको बारेमा र सोनाम कपूर आहुजालाई फेसनको बारेमा धेरैनै ज्ञान रहेको बताउदै आफु प्रधानमन्त्री बने यी मन्त्रालय जिम्मा लगाउने बताए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्