विदेश । मिस युनिभर्स २०२१ मा प्रतिस्पर्धाको सुरुवात भएको छ । मे १६ मा फाइनल हुने प्रतियोगितामा आज ७४ जना प्रतिस्पर्धीले आ-आफ्नो मुलुकको राष्ट्रिय पोशाक प्रस्तुत गरेका छन् । जहाँ नेपालको प्रतिनिधित्व गरिरहेकी मिस युनिभर्स नेपाल अंशिका शर्माले अद्भुत राष्ट्रिय पोशाक प्रदर्शन अन्तर्गत हिमाल र पर्यावरण प्रतिविम्वित गर्ने पोशाक लगाएकी थिइन् । जहाँ बौद्ध प्रार्थनाका झन्डा पनि संलग्न छन् ।
यसलाई महावीर पुन र बीना घलेले डिजाइन गरेका हुन् । नेसनल कस्ट्युमको भोटिङ सुरु भएको छ र आइतबार बिहानसम्म भोटिङ नतिजा सार्वजनिक हुनेछ । नेसनल कस्ट्युममा विजयी हुने प्रतिस्पर्धीले सीधै उत्कृष्ट २१ भित्र सहभागि हुने मौका पाउनेछ ।
भोट गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ
कमेन्ट गर्नुहोस्








