विप्लव समुहको ‘लालपत्र’

देश । राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लागेको एक वर्षपछि माओवादी सशष्त्र युद्धको आधारभूमी राप्तीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती क्षेत्र आसपासलाई नियन्त्रण गर्ने प्रयासस्वरुप ‘लालपत्र’ जारी गरेको छ ।

एनसेलको सिम आयात-निर्यात, लघुवित्तका काम कारबाही तथा एनजिओ-आइएनजिओ क्रियाकलापमा रोक लगाउँदै १३ बुँदे लालपत्र जारी गरेको हो । ‘अर्बौं कर छली गर्ने लुटेरा दूरसञ्चार प्रदायक कम्पनी एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयात-निर्यात, बिक्री-वितरणमा प्रतिबन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्छ,’ उक्त १३ बुदेँ लालपत्रमा भनिएको छ, नेकपाको उक्त चेतावनीसहितको लालपत्रलाई अस्वीकार गरेमा जनकारबाही गरिने जारी लालपत्रमा उल्लेख छ।

यस्तो छ लालपत्र

कमेन्ट गर्नुहोस्