फर्गो सार्वजनिक गर्दै सुविनले भने ‘लेखनलाई निरन्तरता दिनु’

देश । पछिल्लो समय युवा पुस्ता पनि साहित्य तीर अग्रसर हुन् थालेका छन् । त्यसको उदाहारण उपन्यासको बढ्दो लोकप्रियता नै हो । यसै क्रममा युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कर्यक्रमका बीच अभिनेत्रीहरु ऋचाशर्मा, सुरक्षापन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छे प्रति आफ्नो मनमा श्रद्धा रहेको बताउँदै सानो उमेरमै पुस्तक लेखन सफल भएकोमा बधाई दिइन । उनले भनिन ‘यो उमेरमा पुस्तक लेख्न प्रशंसनीय कार्य नै हो र लेखनमा परिपक्कता सुनमा सुन्गंध छ ।’ उनले पुस्तकलाई एकै बसाइमा पढेर सकेको समेत खुलाईन । अर्की अभिनेत्री सुरक्षा पन्तले पनि ऋचाले झैँ लेखक प्रसंसा गरिन ।

‘भ्यालेन्टाइन डे नजिकिदै गर्दा बजारमा आएको पुस्तकलाई आफ्नो डेटलाई गिफ्ट गर्न सक्नु हुन्छ’ सुरक्षाले पुस्तक र लेख्नको प्रसंसा गर्दै भनिन् ‘उनको लेखन शैलीले मलाइ प्रभावित बनाएको छ ।’ समर लभ , मनसुन , प्रिय सुफी जस्ता पुस्तक मार्फत हजारौ पाठकका प्रिय लेखक बनेका सुविन भट्टराईले लेखकको प्रसंसा गर्दै पुराना दिन सम्झिएको बताए ।

‘निश्चलको अभिभावकत्व हामीले ग्रहण गर्नुपर्छ , त्यसैले आज म कार्यक्रममा छु कि उनलाई हौसला मिलोस’ लेखक भट्टराईले भने ‘मैले किताब पढ्न पाएको छैन तर यसको प्रतिक्रिया जे आए पनि लेखनलाइ निरन्तरता दिनु ।’ युवापुस्ताका आइडल लेखक भट्टराईको प्रतिक्रियाले उत्साहित हुदै आफुले लेखनलाई निरन्तरता दिने निश्चलले बताए । ‘पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण छ’ निश्चल भन्छन् ‘मेरो पुस्ताको प्रेमलाई यसमा प्रस्तुत गरेको छु ।’ एक सयचार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखक निश्चलको यो पहिलो पुस्तक हो ।

कमेन्ट गर्नुहोस्