‘सडकमा भीडभाड र प्रदर्शन नगर्नुस्’

देश । पछिल्लो केहि दिन यता नेपाललाई लोडसेडिङबाट मुक्ति गराउने कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने मांग राख्दै निरन्तर प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा केहि स्थानमा प्रहरीसँग झडप समेत भइरहेको छ । यी यस्तै किसिमका गतिविधि भईरहदा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्।

उनले शनिवार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणका कारण आक्रान्त भएको बेला सडकमा भीडभाड गरी प्रदर्शन नगर्न अनुरोध गरेका छन् । ‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’ घिसिङले विज्ञप्तिमा भनेका छन् । साथै , उनले लोडसेडिङ अन्त्य नेपालीको विश्वास र आफ्नो टिमले गरेको पनि उनले प्रस्ट्याएका छन् ।

कमेन्ट गर्नुहोस्