प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ४ सय

देश । पछिल्लो २४ घण्टामा मात्र परदेश नम्बर २ मा ७६ व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेश नम्बर २ अन्तर्गतको जिल्लाहरु सप्तरी जिल्लामा १४ जना, सिराहा जिल्लामा ६ जना, धनुषा जिल्लामा २८ जना, महोत्तरी जिल्लामा १८ जना र रौतहट जिल्लामा ३ जना रहेका छन् । थप नयाँ संक्रमित ७६ देखिएसँगै प्रदेश नम्बर २ मा संक्रमितिहरुको संख्या ४ सय पुगेको छ ।

सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका स्थित चन्द्रा नमुना माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा गरिएको स्वाव संकलनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । गत जेठ ६ गते स्वाव संकलन गरिएका मध्ये बोदेबर्साइन नगरपालिकाका बर्ष, १८, १९, २१, २७, २९ तथा ३० बर्षका २ जना र ३३, ३६, ३७, ४२, ४७ गरी कुल १२ जना स्थानीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी , जिल्लाकै बिष्णुपुर गाउँपालिकाका ३२ बर्षिय पुरुष र पर्सा जिल्ला घर भई हाल सप्तरी जिल्लामा पेशागत कामको सिलसिलामा बस्दै आएका ३२ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सवै जना छिमेकी मुलुक भारतबाट आएको र उनीहरुलाई आए लगत्तै स्थानीय क्वारेन्टाईनमा राखिएको बताइएको छ ।

सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा रहेको जय माध्यमिक विद्यालयमा गत जेठ ६ गते गरिएको स्वाव संकलनको रिपोर्टको आधारमा बर्ष १८ का ३ जना, बर्ष ३५ का २ जना र बर्ष ४० का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सिराहा जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ६ जना पुरुषहरु छिमेकी मुलुक भारतबाट आएका हुन् ।

यस्तै , धनुषा जिल्ला स्थित जनक नन्दिनी गाउँपालिकाका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १० दिन अगाडी नै धनुषा जिल्ला घर भई काठमाण्डौ बस्दा आएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको धनुषा जिल्लामा नै बस्दै आइरहेको परिवारलाई होम क्वारेन्टाईन राखेर स्वाव संकलन गरिएको थियो । जस अनुरुप लक्ष्मीनिया गाउँपालिका स्थित होम क्वारेन्टाईनमा बस्दै आएका बर्ष ४, १४, २७ र २८ बर्षका महिला तथा अन्य ३ पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैगरी लक्ष्मीनिया गाउँपालिकामा रहेको क्वारेन्टाईनमा बस्दै आएका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको छ र उनीहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।

त्यसैगरी, धनुषा जिल्लाकै २२ बर्ष की एक महिला, २१, २५, २८, तथा ३१ बर्षका २ जना र ७० बर्षका एक जना पुरुषगरी थप ७ समेत कोरोना संक्रमण पुष्टि भएको छ । धनुषासँगै जोडिएको जिल्ला महोत्तरी स्थित जलेश्वर नगरपालिकामा रहेको क्वारेन्टाईनमा गत ९ गते ३४ जनाको स्वाव संकलन गरिएको थियो । स्वाव संकलन गरिएका मध्ये ४५ बर्षिय महिला, २० बर्षमा २ जना, २१ बर्षका ३ जना तथा १५, १९, २२, २६, २३, ४५, १८, २१, १९, ३७ र उमेर खुल्न नसेकेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

सर्लाही जिल्लाको मलंगवा नगरपालिका स्थित पब्लिक माध्यमिक विद्यालयको कवड हलमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आएका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । छिमेकी मुलुक भारतबाट आएका उनीहरुको स्वाव गत जेठ ९ गते संकलन गरिएको थियो । स्वाव संकलन गरिएका मध्ये बर्ष १७, १८, २१, २६ तथा ३० बर्षका २ जना र ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो समय संक्रमित संख्या बढ्ने जिल्लामा पर्छ रौतहट । पछिल्लो २४ घण्टामा भने ३ जना मात्र संक्रमित देखिएको छ । जिल्लाको राजदेवी नगरपालिका वडा नम्वर ६ मा रहेको मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २१, २४ र ३० बर्षिय ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । आजै रौतहट जिल्लाको परोहा नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, बृन्दाबन नगरपालिकामा १३५ जनाको स्वाव संकलन गरिसकिएको छ भने सोही जिल्लाको माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका र गौर नगरपालिकामा स्वाव संकलन कार्य भइरहेको छ ।

यस्तै , आजै पर्सा जिल्लाको पर्सागढी नगरपालिका, पटेरवा सुगौली गाउँपालिका र बीरगंज महानगरपालिका स्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईन स्वाव संकलनको कार्य भइरहेको जनाइएको छ । यसैगरी यस प्रदेशमा २०७७ साल बैशाख १४ गते २ जना कोराना संक्रमितहरु उपचार पश्चात निको भएर नारायणी अस्पताल बीरगंजबाट डिस्चार्ज भएका थिए । त्यसपछि जेठ १० गते ९ जना, ११ गते १८ जना र १२ गते ४३ जना संक्रमितहरु पनि नारायणी अस्पातालबाट नै डिस्चार्ज भएका थिए । जेठ १३ पर्सा कै नारायणी अस्पताल माहतत रहनेगरी सञ्चालन गरिएको गण्डक अस्पताल बीरगंज पबाट २१ जना उपचार पश्चात डिस्चार्ज भएका थिए भने जेठ १४ गते ४ जना संक्रमितहरु पनि उपचार पश्चात डिस्चार्ज भएका छन् ।

योसँगै यस प्रदेशमा ९७ जना उपचार पश्चात निको भएका छन् । त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १६ पुरुष र १ महिलागरी कुल १७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित ८ जना पुरुषहरुको उपचार भइरहेको छ । यस्तै , धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा ३ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । भने , सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १३ जना पुरुषहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४४ जना पुरुष र २ जना महिलागरी ४६ जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा ५ जना कोरोना संक्रमित पुरुषहरुको बिरगंज महानगरपालिका स्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्