खेलकुद । कोपा अमेरिका २०२१ को सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार विहान भएको अन्तिम क्वाटरफाइनल खेलसंगै सेमिफाइनल खेल्ने टीम तय भएका हुन् । सेमिफाइनल अन्तर्गतका दुइ खेल आउँदो जुलाई ६ र ७ मा हुनेछ । फाइनल प्रवेशका लागि पहिलो खेल जुलाई ६ मा ब्राजिल र पेरु बीच हुनेछ भने दोस्रो खेल अर्जेन्टिना र कोलम्बियाले जुलाई ७ मा खल्नेछन् । दुवै खेल विहान ४ बजे ४५ मिनेको समयमा हुनेछ ।
सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे । यस्तै , अर्को खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
यस्तै , त्यसअघि शनिवार सम्पन्न खेलमा ब्राजिलले चिलीलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल गरे । ४८ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। फरवार्ड गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। चिलीका डिफेन्डर मेनालाई जेससको प्रहारले मुख लागेपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए।
यस्तै , अर्को खेल तर्फ पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । (एजेन्सी)








