१० हजार ७ सय ३ संक्रमित थपिए

देश । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १० हजार ७ सय ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार ९२ नमुना (१८ हजार ६ सय १८ पीसीआर र ४ हजार ४ सय ७४ एन्टीजेन) परीक्षण गर्दा १० हजार ७ सय ३ जना संक्रमित थपिएका हुन् । यो संगै सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा आज ४ हजार २ सय ७९ जना, भक्तपुरमा ४ सय ५३ जना र ललितपुरमा ५ सय ६७ जना संक्रमित थपिएका छन् । साथै , पछिल्लो २४ घण्टामा ७ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको कोरोनाले मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।हालसम्म ११ हजार ६ सय ३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्