पब्जीसहित १ सय १८ एप्समाथि प्रतिबन्ध

विदेश । लोकप्रिय भिडियो एप टिकटक प्रतिबन्ध गरेको भारतले थप मोबाइल एप्समा प्रतिबन्ध लगाउने भएको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार पबजीसहित १ सय १८ मोबाइल एप्समाथि भारतले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको कारण सहितको विज्ञप्ति जारी गर्दै मन्त्रालयले यी मोबाइल एपहरुमा प्रतिबन्ध लगाउन लागेको प्रस्ट्याएको छ ।

प्रतिबन्धित धेरै एप चीनसँग जोडिएका छन् । त्यस्तो त पछिल्लो समय लद्दाखमा चीन र भारतको समस्या बढ्दो नै छ । भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ । यसअघि पनि भारतले चीनसँग जोडिएका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्