देश । पछिल्लो समय कोरोना भाइरसको त्रास विश्वमा फालिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसेको छ । विश्वको टाउको दुखाइ बनेको कोरोना भाइरसलाई लिएर नेपाल सरकारले पनि सावधानीका उपाए अपनाएका छन् । अनावश्यक रुपमा भिडभाडमा नजान नेपाल सरकारले अनुरोध गरिरेहेको छ । यद्दपी मल , विधालय , फिल्म हल भने खुल्लै छन् । यसैगरी बिविबार देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।
केहि समय अगाडी नै परिक्षा नरोकिने बताइता पनि स्थिति हेर्ने भनिएको थियो । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताएका छन् । विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ ।
कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने एसईई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात चैत ५ गते सकिनेछ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणको क्रास बढेसँगै हुने भनिएको एसईई परिक्षापछि अन्य कुनै परिक्षा नगर्न मन्त्रालयले अनुरोध गरेको छ । परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारसंग हुने जनाउदै मन्त्रालयले विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न अनुरोध गरेको छ ।










