गाईजात्रा कोसेली ‘ठगाठग कम्पनी’ ल्याउदै जोगिन्दर

देश । हास्य र व्यंग्यको पर्व हो ‘गाईजात्रा’ । यो दिनलाई लक्षित गर्दै विभिन्न व्यंग्यात्मक सामाग्री बजारमा भित्रिने गर्छ । यस्तैमा बेलाबेलामा विभिन्न सामाग्रीमार्फत दर्शक हँसाउँदै आएका लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले आउँदो गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे कमेडी कोसेली ‘ठगाठग कम्पनी’ ल्याउदैछन् ।

विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको गाईजात्रामा उनले देशमा सबैको चासो र चिन्ताको विषय, सार्वजानिक रुपमा उठिरहेको मुद्दाको मार्मिक तरिकाले चिरफार गरिएको छ । प्रवृत्ति प्रति समेत उनले व्यंग्य प्रहार गर्न भ्याएका छन् । विगतका वर्षहरु जस्तै यो पटक उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन् ।

दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ठगाठग कम्पनी’ २२ औं कोसेली हो । गतवर्ष उनले ‘लुछाचुँडी’ नामक गाईजात्रे कोसेली सार्वजनिक गरेका थिए । जोगिन्दरलाई अन्य कलाकारले समेत साथ दिएका छन् ।

गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘सधैँ झैँ यो वर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने ‘राम्रो लागेमा प्रशंसा र नराम्रो लागेमा सुझाव दिनुहोला ।’

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यंग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनुलाई हास्य कलाकारको धर्म नै मान्दछन् । शिवशंकर अहिले ‘गाईजात्रा टुर’को पनि तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्