‘निर्वाचन तोकिएकै समयमा हुन्छ’

0 Shares

देश । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देशमा आन्दोलन बढेको छ । प्रधानमन्त्री ओली समुहका नेता बाहेक अन्य सबैले संसद विघटनको विरोध गरिरहेका छन् । साथै , आउँदो वैशाख १७ र २७ मा चुनाव हुनेमा अन्य दलहरु आशंका समेत गरिरहेका छन् । यद्दपी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनाव तोकिएकै समयमा हुने बताएका छन् ।

सर्लाहीको सदरमुकाम मलंगवामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइपुगेका उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगसँगै सुरक्षा संयन्त्र चुनावको तयारीमा जुटिसकेको प्रस्ट्याए । सर्लाही स्थित बागमती नपामा मंगलवार विहान प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनलाई लिएर शत प्रतिशत ढुक्क हुन् आग्रह गरे ।

‘तपाईहरु चुनावको कुरामा ढुक्क हुनुस् किनकी निर्वाचन आयोगले तयारी थालिसकेको छ’ उनले ठोकुवा गरे । महाधिवेशनसम्म सहमतिय प्रणाली अनुसार अगाडी बढ्नु पर्नेमा मतामतको खेल सूरु गरेकै कारण पार्टीको यो अवस्था आएको समेत उनले बताए । ‘पूर्व एमालेको समूहभित्र खेलेर प्रचण्डले बहुमत-अल्पमतको खेल सूरु गर्नुभयो, प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकारमा लगातार घेराबन्दीमा पारियो’ उनले संसद विघटनको कारणलाइ प्रस्ट्याए । सरकारलाई काम नै गर्न नदिएपछि ६४ प्रतिशत सांसद्का नेता प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद् विघटन गरेको पोखरेलको दाबी छ । अगूवा कार्यकर्ता भेलामा पोखरेलसँगै शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिला श्रेष्ठ, नेताहरु रघुविर महासेठ, सत्यनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।

तस्विर सौजन्य : उज्यालो अभियान

कमेन्ट गर्नुहोस्