देश । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट उल्लेख्य मात्रामा बढाएको जनाएका छन् । गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले आगामी वर्षका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ। यो गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढेको हो । सरकारले कोरोना भाइरबाट रोजगारी गुमेका युवालाई कृषिमार्फत् रोजगारी दिने गरी बजेट उल्लेख्य रूपमा बढाएको जनाएको छ ।
देशभर २०० खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई अधिकारी दिइएको समेत बजेटमा बताइएको छ । सम्पूर्ण स्थानीय तहमा कम्तिमा एक कृषि र एक पशु प्राविधिकको व्यवस्था गर्न ५० करोड रूपैयाँ बिनियोजन भएको छ । कृषि बालि तथा पशुपंक्षी बिमाको पहुँच बढाउन प्रिमियमबापत कृषिकले तिर्न पर्ने रकम बालि बिक्री भएपछि तिरे हुने व्यवस्था समेत गरिएको छ । मुख्य सिमा नाकामा पशु क्वारेन्टाइनको स्थापना गरी प्रयोगशाला स्थापना गरिने बताइएको छ ।












