विदेश । इंग्लिस प्रिमियर लिगमा मंगलवार भएको खेलमा म्यानचेस्टर युनाइटेड जितसँगै दोस्रो स्थानमा उक्लिएको छ। खेलमा वुल्भ्सलाई १-० गोलले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो। युनाइटेडलाई मार्कस रास्फोडले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेर जिताउन सफल भए ।
यस्तै , अर्को खेलमा आर्सनलले ब्राइटनलाई १-० गोलले पराजित गर्दा लिड्सले वेस्ट ब्रुममाथि ५-० को जित निकालेको छ। अंक तालिकामा युनाइटेड १५ खेलबाट ३० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ३२ अंक रहेको छ। (एजेन्सी)
कमेन्ट गर्नुहोस्












