देश । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो। मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ८ सय ७७ पुगेको छ।
संक्रमित हुनेमा मोरङका २ पुरुष, झापाका ७ पुरुष, महोत्तरीका १० पुरुष, चितवनका ८ पुरुष, धादिङका २९ पुरुष, सप्तरीका १७, उदयपुरका ३, सिरहाका ११ जना, इलामका १ जना, झापाका ६ जना, सुनसरीका १० जना, पर्वतका १३ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना र तनहुँका १ जना रहेका छन् ।
यस्तै , बर्दियाका १५ जना, बाँके १, नवलपरासी पूर्वका ४ जना, मोरङका १ जना, महोत्तरीका ६ पुरुष, धनुषाका १४ जना, सर्लाहीका ७ जना, कपिलवस्तुका ४ जना, दाङका ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अर्घाखाँचीका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जन, प्युठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका ४ जना, बाराका १ जना, धनुषाका १ जना, नुवाकोटका १ जना, रौटहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५० जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट १, कोभिड १९ युनिफाइड कमान्ड बलम्बु अस्पतालबाट ३ जना, काठमाडौं मेडिकल कलेज दुवाकोटबाट ३ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना, ह्याम्स अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या ८ सय ७७ पुगेको बताए ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख अठासी हजार ५२ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ९ हजार ९०९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख २१ हजार ८६२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ५ हजार ९२५ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५८ हजार ५० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार १ सय ६९ जना रहेका छन् ।









