इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

विदेश । अन्तत: इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । गए राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाबै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ । पहिलो खेलमा २ रनको जित हात पारेको इंग्ल्याण्डले २-० को अग्रता लिएको छ ।

साउथह्याम्पटनको रोज बलमा भएको खेलमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । तेस्रो तथा अन्तम खेल मंगलबार हुनेछ । टी-२० सिरिजपछि अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको ओडिआई सिरिज हुनेछ । सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्