पुस १३ गते विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

देश । अन्तत नेपाली कांग्रेसले आन्दोलन गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । बिहीबारको बैठकले सुरुमै यसबारे निर्णय गरिएको बैठक जारी छ ।

पार्टी कार्यालयमा बैठक बस्नु अगाडी नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा सकिएको भेलाले जारी केन्द्रीय कमिटी बैठकमा आन्दोलन पक्षधरको एउटा आवाज बनाउने पनि निर्णय समेत गरेको थियो ।

भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापालगायत २२ केन्द्रीय सदस्य सहभागी थिए । भेला सकेर नेताहरु केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।

कमेन्ट गर्नुहोस्