टर्कीका राष्ट्रपतिले भने ‘फ्रान्सका उत्पादन नकिन्नू’

विदेश । टर्कीमा सरकार फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ । कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले टेलिभिजन सम्बोधन मार्फत अपील गरेका हुन् । उनले फ्रान्समा मुसलमानमाथि भएको दमन विरुद्ध विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनु पर्ने धारणा समेत राखे ।

फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोले कट्टरवादी इस्लामको विरोधमा धर्मनिरपेक्षताको सुरक्षा गर्ने बताएका छन् । म्याक्रोको यो अभिव्यक्तिको टर्कीका राष्ट्रपति एर्दोआनले निन्दा गरेका छन् । फ्रान्सको एक कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको हत्यापछि इस्लामलाई लिएर विवाद उत्पन्न भएको छ । १६ अक्टुबरमा स्यामुअल पेटी नामका ती शिक्षकको १८ वर्षीय अब्दुल्लाह अन्जोरोफले टाउको काटेर हत्या गरिदिएका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्