देश । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदाय स्तरमा फैलिरहेको छ । गत चैत्र ११ गतेदेखि लकडाउन गरेर समाजिक दुरी कायम गरेता पनि भारतबाट आएकाहरुलाई राम्रोसँग चेक जाँच नहुदा संक्रमित संख्या बढ्दो छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३ सय ४ पुगेको छ । सोमबार विहान रौतहट र बारामा ९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार रौतहट स्थित इशनाथ नगरपालिक अन्तर्गतको २ , ३ , ६ र ९ वडा निवासी २१ , २१ , २३ , २५ , २९ , २० वर्षीय पुरुषहरु तथा रौतहटकै माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिला संक्रमित भएका छन् । यसैगरी बारामा करैयामाई -५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् । रौतहटमा ८ र बारामा १ नयाँ संक्रमण देखिएका हुन् । उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना भाइरसकै कारण २ जनाको मृत्यु भईसकेको छ ।











