मेसीले तोडे कीर्तिमान, विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बने

विदेश । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप फुटबलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । उनले लगातार ६ खेलमा गोल गर्ने कीर्तिमानसँगै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

मेसीले डालासमा अस्ट्रियाविरुद्धको खेलको ३९ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उक्त गोलसँगै उनको विश्वकप गोल संख्या १७ पुगेको छ, जससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको पुरानो कीर्तिमान तोडेका हुन् ।

यसअघि लगातार ६ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्तेन र ब्राजिलका जार्जिन्होले बनाएका थिए । मेसीले उक्त सूचीमा आफ्नो नाम थप्दै तेस्रो खेलाडी बनेका छन् । खेलको पहिलो हाफमै आएको उनको गोल निर्णायक बनेको छ र अर्जेन्टिनाले खेलमा अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्