खेलकुद । साविक विजेता पोर्चुगलविरुद्ध १-० गोलको कठिन जित निकाल्दै विश्व नम्बर एक बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । मेउनियरले हजार्डलाई पास उपलब्ध गराएका थिए । लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए । जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए ।
८३ मिनेटमा पोर्चुगलले बराबरी गर्न गरेको प्रयासमा पोस्ट बाधक बन्यो । गुइरेरोले पेनाल्टी एरियाबाट हानेको प्रहार पोस्टमा लाग्नु पोर्चुगलका लागि दुर्भाग्य साबित भयो । खेलमा बेल्जियमका प्लेमेकर बुएन र इडिन हजार्ड घाइते भएका थिए। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्







