रत्नपार्कमा १५ औं काग सम्मेलन

देश । आजबाट तिहार पर्व सुरु भएसँगै पहिलो दिन काग तिहार मनाइएको छ ।यसका साथै मुखबाट कागको आवाज निकाल्न सक्ने कागे बाहुनको नामबाट परिचित रमेश दुलालले राजधानीको रत्नपार्कमा १५ औं काग सम्मेलन गरेका छन् । बिगत १५ बर्षदेखी काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसबर्ष पनि कागलाई बोलाएर काग तिहार मनाएका हुन् । बिहान ६ः३० मा भएको कार्यक्रममा दुईसय बढी कागलाई दुलालले बोलाएका थिए । उनका अनुसार कागको भाषा बोलेर कागलाई आफुतिर बोलाउनु पर्छ ।

‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ । कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । संगीतकर्मिसंघको आयोजनामा भएको १५ औं काग सम्मेलनमा संगीतकर्मि संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पनि काग तिहारको शुभकामना सहित दुलालको प्रसंसा गरेका थिए । यस्तै सामाजिक सरसफाई अभियान्ता ग्रिनसिटी हस्पिटलका निर्देशक एलबी टन्डनले पनि तिहारको शुभकामना सहित दुलालको फरक कलाको तारिफ गरे ।

कमेन्ट गर्नुहोस्