कांग्रेस नेता खनालको संयोजनमा रक्तदान सम्पन्न

देश । सर्लाही क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रभाशाली नेता तथा महासमिति सदस्य विनोद खनालको समायोजन रक्दान सम्पन्न भएको छ । नेपाली कांग्रेस बरहथवा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बरहथवा शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारीको रुपमा फैलिदै गर्दा रगतको पनि उत्तिकै अभाव छ ।

यस्तो अवस्थामा रगतको अभाव नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको नेता खनालले बताए । ‘यतिबेला राहतमा सबै जुटिरहेका छन् । तर , विरामीलाई पर्ने अर्को अभाव रगत पनि हो । यो लकडाउनको समयमा रगतको अभाव नहोस भनेर हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौँ’ नेता खनालले भने । आफ्नो पहलमा स्थानीयवासीको सहभागिताको उनले प्रसंसा गरे । आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय नेता खनालले कोरोना भाइरसको संक्रमणलाई स्थानीय तहमा फैलिन नदिन समुदायनै एक जुट हुनु पर्नेमा जोड दिए । उनले आफु आवश्यक रहेको खण्डमा स्थानीय वासिन्दासँग सदैव साथ् रहेको समेत प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्