बिहानै भूकम्पको धक्का

17 Shares

देश । उपत्यका सहित आसपासका क्षेत्रमा बुधवार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान ६ः२९ बजे भूकम्पको धक्का महसुस भएको हो ।धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि अपडेट गराएको छैन ।

तर भूकम्प ४.७ रेक्टरस्केलको आएको विभिन्न एप्सले जनाएका छन् । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन । किनकी २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ ।

Facebook Comments