सुकृतलाई ‘सगरमाथा कला पत्रकारिता सम्मान’

देश । पत्रकार सुकृत नेपाल सगरमाथा कला पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । सहारा ग्रुप पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० बाट उनी शुक्रबार सम्मानित भएका हुन । कार्यक्रममा वरिष्ठ लोक गायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम एचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो । उनलाई नगदसहित सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई सगरमाथा ‘कला पत्रकारिता रजत सम्मान’ नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सम्मान प्रदान गरेका थिए । अवार्डका लागि अर्थ नेपाल प्रालिको आयोजना र टोखा नगरपालिकाको सह–आयोजना रहेको थियो ।

कमेन्ट गर्नुहोस्