मिलनले ल्याए ‘पहिलो भेटमै’ ( भिडियो )

संगीत । गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो सार्वजनिक गरिएको छ । योगेन ढोलीको शब्द रचना भएको यसगीतमा गायक सुर्खेती आफैले संगीत भरेका छन् । वि.सं. २०६२ मा डेनि डेंजोङ्पाको चर्चित गीत ‘मन छाडे मैँच्याङ’को रिमेक गीतबाट अधिक चर्चा पाएका मिलनले नयाँ गीत मार्फत पनि दर्शकको माया पाउनेमा विश्वस्त छन् ।

२०५९ सालमा टिभि सिरियल ‘सायद त्यो दिन’मा पार्श्व गायन गर्दै गायनमा प्रवेश गरेका मिलनले २०६० मा पहिलो एल्बम ‘मेरो देश’ ल्याएका थिए । २०६२ मा ‘मन छाडे मैँच्याङ’ सहितको एल्बम ‘टार्गेट’ रिलीज गरेका थिए भने २०६५ मा आँफैले अभिनय गर्दै ‘हेर्दा राम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए । २५ वटा गीतमा आवाज दिएका सुर्खेतीले हालै मात्र ‘पहिलो भेटमै’ गीत सार्वजनिक गरेका हुन् ।

मुस्ताङ्गमा छायांकन गरिएको यस गीतको भिडियोलाई नबिन पुरीले निर्देशन गरेका छन् भने संजय लामाले छायांकन गरेका छन् । भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् । बनिश शाहले सम्पादन गरेको यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् भने शिशिर खातीले कोरियोग्राफी गरेका छन् । यस गीतका निर्माता राजेश मास्के हुन् ।

कमेन्ट गर्नुहोस्