‘चिसो मान्छे’ मा स्वस्तिमा

फिल्म । अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । उनले गत वुधवार फिल्मकी निर्मात्री शर्मिला पाण्डेसँग लिखित संझौता गरेकी हुन् । स्वस्तिमाले फिल्ममा काम गर्ने चर्चा केहि अगाडी देखि भएता पनि संझौता भने भएको थिएन । फिल्मका लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएको चर्चा चलेता पनि निर्माण पक्ष भने यसमा केहि बोल्न चाहेन ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा स्वस्तिमाको भूमिका सशक्त रहेको बताइएको छ । सामाजिक कथामा बन्न लागेको फिल्ममा काम गर्ने सहमति दिएसँगै स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य हुने भएको हो । यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच हुने सहकार्यले फिल्मलाई प्रतिक्षित बनेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्