फिल्म । नेपाली फिल्म ‘काँडेतार’को दोश्रो गीत ‘सके जोबन दिउँला माया’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेता गौरव पहारीको साथमा सुरविना कार्की, रेबिका गुरुङ तथा प्रशान्त यादव फिचर भएका छन् । सत्यकला राई र विक्रम राईको युगल स्वर रहेको यो गीतका सङ्गीतकार तथा गीतकार दिपक शर्मा हुन् ।
गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । नेपाल भारतको सीमा समस्या उजागर गर्ने कथा बोकेको ‘काँडेदार’ फागुन २५ गते रिलिज हुँदैछ । ‘काँडेतार’मा गौरव, सुरविना, रेबिका, प्रशान्तका अलावा नवल खड्का एवम् मुरलीधरको प्रमूख अभिनय रहेको छ । सिनेमालाई नवल खड्काले निर्देशन गरेका हुन् । योसँगै उनी यो सिनेमाका निर्माता तथा कथाकार समेत हुन् ।
सामना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘काँडेतार’को हालसम्म देशभरका विभिन्न जिल्लामा ६० बढि शोको आयोजना निर्माण टिमले गरिसकेको छ । खड्का देशभक्तिका कथामाथि लगातार फिल्म बनाउने फिल्मकर्मीमा पर्छन् ।










